arrow

दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन, अन्य विमानका चालकलाई समस्या

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
army-plane.jpg

बाजुरा । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन ।

गत जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्ग अगाडि राखिएको छ । क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ । विमानस्थलमा अवतरण र उडान हुने तारा गोमा, मकालुलगायतका जहाजका पाइलट र यात्रुले सजिलै देख्ने गरेका छन् ।

गत जेठमा भएको उक्त दुर्घटनामा नेपाली सेनाका विमान चालक कौशल गुरुङको घटनास्थलमा नै मृत्यु भएको थियो भने सहचालक भएको एक जना गम्भीर घाइते भएका थिए । जेठ १६ गते मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको थियो ।

दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका थिए । एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि सामान बोकेर उडेको थियो । सिमीकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो ।

दुर्घटना भएको जहाज नहटाउँदा अन्य जहाजका चालकलाई समस्या हुने गरेको कोल्टीमा रहेका विभिन्न जहाज कार्यालयहरुले बताएका छन् । यता नागरिक उड्डयन कार्यालय कोल्टीले विमान हटाएर अन्यत्र राख्ने ठाउँ नहुँदा धावनमार्गको छेउमै राखेको बताएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ