arrow

पत्नीको अन्तिम संस्कारपछि अमेरिकी पूर्वराष्ट्रपति बुश अस्पतालको सघन कक्षमा भर्ना

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
george-w-bush.jpg

काठमाडौं । पत्नी बार्बाबारको निधन भएको एकसाता नबित्दै, अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यू बुशलाई अस्पताल भर्ना गर्नुपरेको छ । 

गत मंलगबार निधन भएकी बार्बाराको शनिबार अन्त्येष्टि गरिएको थियो । स्थानीय समय अनुसार त्यसको भोलीपल्टै आइतबार पति बुशलाई अस्पतालको अति सघन कक्षमा भर्ना गर्नुपरेको हो ।

विशेष खालको संक्रमण शरीरभर रगतमा फैलिएपछि, बुशलाई ह्युुष्टन मेथोडिष्ट अस्पतालमा भर्नागरिएको उनका प्रवक्ता जिम म्याकग्राले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

९३ वर्षीय बुशले उपचारमा संलग्न चिकित्सकसँग केही बोलेको र सुधार उन्मुख रहेको विज्ञप्तीमा उल्लेख छ । 

सामान्यता घाउचोट लागेपछि शरीरका तन्तुहरुमा फैलनसक्ने हानिकारक र विषाक्त ब्याक्टेरियाले सेप्सिस गराउँछ । बुशलाई पनि एक्कासी यस्तो समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । शुरुमा उनको रक्तचाप समेत असामान्य रुपमा घटेको थियो । 

तर अहिले यो अबस्थामा सुधार आएको बताइएको छ । केही वर्षअघि बुशले आफुलाई पार्किन्सनले सताएको खुलासा गरेका थिए । बुशले निधन भएको एकदिन पछि विज्ञप्ती मार्फत नै पत्नी बार्बाराप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । 

विज्ञप्तीमा उनले भनेका थिए, “बार्बारा संसारभरकै मान्छेले अति माया दिने महिला थिइन्, तर मैले कहिले काहिँ यो तथ्यप्रति मेरो जटिल खालको समस्या छ भनेर उनलाई जिस्क्याउँथे पनि । उनी स्वर्गमा पुुगेकी छन्, हामीलाई त्यो पनि थाहा छ जीवन जाँदै गर्छ, उनले पनि त्यही व्यहोर्नु पर्याे “। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ