arrow

युवा नेताहरुको समूहले देउवालाई ५१ पृष्ठ लामो धारणापत्र बुझाउँदै  (पूर्ण पाठ)

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
congress-party-office.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको मुख्यालय सानेपामा गत चैत ९ गतेदेखि जारी केन्द्रीय समितिको बैठक अन्तिम चरणमा पुग्नै लाग्दा युवा नेताहरुले संयुक्त रुपमा पार्टीको आगामी कार्यदिशा सम्बन्धी धारणापत्र सभापति शेरबहादुर देउवालाई बुझाउँदैछन् । 

मंगलबार मध्यान्हपछि बुझाउँदै गरिएको उक्त धारणापत्र ५१ पृष्ठ लामो भएको जनाईएको छ । 

स्रोतका अनुसार धारणापत्रमा देउवा नेतृत्वको सरकारले तीन वटै चरणको निर्वाचन सफलता पूर्वक सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेकोमा बधाइ दिँदै त्यसपछि भने त्यही देउवा सरकारको आलोचना गर्न थाल्नेछ । 

काँग्रेसको विचारको जित भए पनि पार्टी पराजित हुनुमा नेतृत्वकै कमजोरी रहेको विषयलाई उठान गरी काँग्रेसको विगतदेखि भविष्यसम्मको समष्टिगत रुपमा चिना लेख्ने काम उक्त ५१ पृष्ठ लामो धारणापत्रमा समेटिएको छ । 

यो धारणापत्रको निचोड तत्काल महासमिति बैठक बोलाएर अन्ततोगोत्वा महाधिवेशन आब्हान गर्नुृरहेको स्रोतको दावी छ । युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल लगायतले संयुक्त रुपमा उक्त धारणापत्र तयार पारेको बुझिएको छ । 

चैत ९ गतेदेखि बैठक जारी रहे पनि केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण बैठक केवल नौ पटकमात्र बसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ