arrow

चिनियाँ पर्यटकको मृत्युप्रति किमद्वारा गहिरो दुःख व्यक्त

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
kim-northkorea.jpg

बेइजिङ। उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन्। आइतबार राति प्योङयाङ दक्षिण भागमा भएको यस दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए, भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

यस घटनापछि नेता किमले उत्तर कोरियास्थित चिनियाँ राजदूतलाई व्यक्तिगतरुपमा भेटघाट गरेका छन्। साथै त्यसपछि अस्पताल गएर चिनियाँ घाइते नागरिकलाई समेत भेटवार्ता गरिएको बताइएको छ। एक स्थानीय समाचारपत्रले अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गरेको नेता किमको फोटो छापेको बताइएको छ।

उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हिजो नै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका थियो।  रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ