arrow

चिनियाँ मधुशालामा आगजनी, कम्तिमा १८ जनाको मृत्यु

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
china-bar-fire.jpg

गोङझाओ । चीनको एक मधुशाला (बार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ ।

यसैबीच रेष्टुरेण्टमा आगजनी गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले पक्राउ परेका ३२ बर्षीय लिउ चुन्लुले आफ्नो अपराधलाई स्वीकार गरेको बताएको छ ।

प्रहरीले भनेको छ, “आगलागी हुनुभन्दा पैलै लिउले मदीरा सेवन गरेको र झगडामा सम्लग्न भएको स्वीकारेपनि उनले नै आगो लगाएका थिए कि थिएनन् थप अनुसन्धान अघि बढाइएको छ ।”

आगजनीका कारण भएको आगलागीबाट रेष्टुरेन्टको १५ हजार अमेरिकी डलर बराबरको भौतिक क्षति भएको पनि जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ