arrow

परराष्ट्रमन्त्री ज्ञवालीले बेलौरी छोटी भन्सारको स्तरोन्नतिमा पहल गर्ने

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
pradip-gyawali2.jpg

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कञ्चनपुरको बेलौरी छोटी भन्सार नाकाको स्तरोन्नति गर्न आफुले पहल गर्ने बताएका छन् । 

कञ्चनपुरको बेलौरीबाट काठमाडौं पुगेको बेलौरी उद्योग वाणिज्य संघ र सरोकारवाला अगुवाहरूले मंगलबारज साँझ परराष्ट्र मन्त्रालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै  मन्त्री ज्ञवालीले कञ्चनपुरको बेलौरीलाई सात नम्बर प्रदेशको भन्सार नाका बनाउने सन्दर्भमा आफु सकारात्मक रहेको उल्लेख गरे । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही बैशाख अन्तिम साता हुने नेपाल भ्रमणका क्रममा उक्त विषयमा समेत छलफल गर्ने आश्वासन दिए ।

कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य नरबहादुर धामी, कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा २ का प्रदेश सभा सदस्य कुलबीर चौधरी, पूर्व संविधान सभा सदस्य टेकेन्द्र भट्ट, एमाले कञ्चनपुरका सचिवालय सदस्य पल्लबराज भट्ट, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य मर्यादा बिष्ट, बेलौरी उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा बेलौरीलाई द्विदेशीय भन्सार नाकाका लागि  ज्ञापनपत्र पेश गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ