arrow

प्रम ओली खर्पन-डोको बोक्न तयार, पुन:निर्माणमा जुट्न आग्रह 

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
KP_Oli_Dharara.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले भूकम्प गएको तीन बर्षको स्मृती कार्यक्रममा आफु पुन निर्माणकालागि कोदालो खन्न, खर्पन बोक्न, ईट्टा बोक्न तयार रहेको बताएका छन्। 

धरहरामा भएको एक कार्यक्रममा प्रम ओलीले भने -'भू–कम्पले ढलेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ । त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं ।'

सवै लाग्ने हो भने धरहरा निर्माण गर्न धेरै समय नलाग्ने बताए । प्रधानमन्त्री ओलीले भूकम्पलगत्तै उद्धार र राहतमा गरेको सहयोगप्रति छिमेकी मित्रराष्ट्रहरुलाई धन्यवाद दिए । साथै छिमेकी र अन्तराष्ट्रिय समुदायलाई गरेको प्रतिवद्धता अघि बढाउन र प्रतिवद्धता बढाउन पनि आग्रह गरेका छन् । 

‘तत्काल पनि सहयोग पुर्याउनुभयो । राहत उपलब्ध गराउनुभयो । म सबैलाई धन्यवाद भन्न चाहान्छु । प्रतिवद्धतामा कमी नहोस् । पुनःनिर्माणका लागि बढी आवश्यक पर्नेभयो, प्रतिबद्धता अझ बढाउनुहोस’ प्रमले भने। 

तीन बर्ष अघि गोरखा केन्द्र बिनद्ु पारेर आएको भूकम्पको सम्झनामा देशभर कार्यक्रम हुँदैछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ