arrow

आइजीपी खनाल दाहिने हातमै किन लगाउँछन् घडी ?

पारो तातेको बेला बायाँतिर नबसेकै बेस

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
IGP-khanal.JPG

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको घडी लगाउने बानी पुरानै हो। शुरुवाती बेलामा उनी देब्रे हातमै लगाउने गर्थे। तर देब्रे हातमा घडी लगाउँदा बेला बेलामा अलिक गडबडी हुन थाल्यो। बेलाबेलामा घडी बिग्रने र टुटफुट हुने चान्सेस् बढी हुन थालेपछि उनले बायाँ हातलाई हल्का र घडीको सुरक्षालाई ध्यानमा राखेर दाहिने नाडीमा बाँध्न थाले। हुने रहेछ के भने काम गर्दा र रिसको पारो तातेको बेला उनको दाहिने हातभन्दा देब्रे हात छिटो चल्ने, बायाँ हात झ्याप्पै चलिहाल्ने।

Image may contain: 1 personदेब्रे हातमा घडी लगाउँदा छिट्टै घडीको खति हुने समस्या दोहरिन थालेपछि उनले दाहिने हातमा घडी लगाउन थाले। त्यसपछि घडी मर्मत गर्नुपर्ने र फेर्नुपर्ने समस्या नियन्त्रण हुन थाल्यो। डीआजी बनेदेखि अहिले आएर खासमा देब्रे हात चलाउनु पर्ने अवस्था त रहेन। तर पनि अब त बानी लागिसक्यो दाहिने हातमै लगाउँदा सजिलो लाग्छ। 

आइजी खनाल यतिबेला संगठनको कार्यक्रमका लागि बारा पुगेका छन्। उनी सेमीनारमा व्यस्त छन्। उनलाई फोन गर्दा हिजो मंगलबार साँझ परिसकेको थियो। उनले कुन कम्पनीको घडी लगाइरेका छन् भन्ने जिज्ञासा थियो। उनले भने, अहिले अलिक साँझ परिसकेको छ, कुन कम्पनी र ब्राण्डको भन्ने अक्षर बुझ्न अलि सकिन है। अनि तपाईंले लगाउने घडी चाहिँ उपहारको हुन्छ कि किनेरै लगाउने हो ? आइजीपी खनालले हाँस्दै भने “यस्तो कुरा त नसोधुम् न यार, हाहाहा”।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ