arrow

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
rouhani-iran.jpg

वासिङ्टन, संयुक्त राज्य अमेरिका। इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो।

ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणामहरू हुने रुहानीले बताएका छन्। विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो। जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो। सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले ट्रम्पलाई सो सम्झौताबाट पछि नहट्नका लागि दबाब दिने ठानिएको छ। रुस तथा चीन दुवैले यसका लागि निरन्तर समर्थन पनि जनाइरहेका छन्। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै “खराब सम्झौता” भन्दै आएका छन्। रासस-एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ