arrow

लागु औषध कारोवारमा संलग्न सातजनालाई हतियार सहित पक्राउ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७५ वैशाख १२ बुधबार
morang-police.jpg

विराटनगर। लागु औषध कारोवारमा संलग्न सातजना भारतियलाई हतियार तथा ठुलो परिणामको लागु औषध सहित मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो।

विराटनगर–४ स्थित नहरवाट पक्राउ परेका उनीहरुको साथवाट एकथान अटोमेटिक पेस्तौल र त्यसमा प्रयोगहुने  ६ राउण्ड गोली वरामद गरेको मोरङका प्रहरी प्रमुख अरुण विसिले बताए।  पक्राउ पर्नेमा भारत विहार वथनाहाका रोहितकुमार सर्मा, भारत फार्विसगन्जका विनोद यादव, राजाकुमार यादव, प्रकासकुमार दास, रन्जित कुमार सर्मा ,सुरज यादव र निलमदेवी यादव रहेका छन। 

भारतको जोगवनीवाट मोटरसाइकल तथा शरिर भित्र लुुकाएर ल्याईरहेको अवस्थामा एभिल, डाइजेलाभ, प्रोक्सिभन, नाइट्रोसन लगायतका लागु औषध  पाच हजार थानभन्दा वढि पक्राउ गरेको प्रहरीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ