arrow

भूकम्पका मृतकरुप्रति पाटनमा श्रद्धान्जली सभा

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
quake.jpg

काठमाडौं। तीन वर्षअघिको गोर्खा भुकम्पका मृतकहरुको स्मृतिमा पाटन दरबार क्षेत्रमा दीप प्रज्वलन सहित श्रद्धान्जलीसभा गरिएको छ। पाटन दरबार क्षेत्रको भूकम्पस्तम्भ अगाडी गरिएको श्रद्धान्जली सभामा मृतकहरुको आत्मा शान्तिका लागि ६ वटा धर्मका गुरुहरुले प्रार्थना गरेका थिए।

ललितपुर महानगरपालिका, ज्यापु समाज यल र शिन्योन–एन जापानले संयुक्त रुपमा आयोजना गरेको श्रद्धान्तजली सभामा हिन्दू, तिब्बती बौद्ध, नेवार बौद्ध, इसाइ, मुस्लिम र जापानका शिन्योन एन बौद्ध धर्मगुरुहरुले मातृ भाषामा मृतकको आत्मा शान्तिका लागि प्रार्थना गरेका थिए। २०७२ वैशाख १२ र त्यसपछिको भूकम्पमा करीब ९ हजार जनाको मृत्यु भएको थियो। ललितपुर दरबार क्षेत्रका अधिकांश सम्पदाको पुननिर्माण अन्तिम चरणमा पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ