arrow

कांग्रेस समीक्षा बैठक : पराजयका छ कारण विश्वप्रकाशद्वारा प्रस्तुत (पूर्ण पाठ)

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं। आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका छन्। बैठकमा विमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उनीहरुले पार्टीले निर्वाचनमा हार्नुका कारण, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्धा एवं आगामी दिनमा पार्टीलाई अगाडि बढाउने रणनीतिका विषयमा गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

बैठकमा शंकर भण्डारीले स्व खुमबहादुर खड्काले पार्टीमा पुर्‍याएको योगदान, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्र्धा र नेपाली काँग्रेस सरकारमा हुँदा भएका निर्णयको जिम्मेवारीका विषयमा आफ्नो विचार राखेका थिए।

उक्त बैठकमा प्रवक्ता शर्माले पराजयका छ वटा कारण प्रस्तुत गर्दै पार्टीभित्रको अन्तर्घात, आमनागरिकको मन जित्न असफल, महत्वपूर्ण मुद्दामा बहिर्गमन, सम्प्रेषण क्षमतामा ह्रास, ओझेलमा परेको भविष्य, परम्परागत संगठन शैली, सैद्धान्तिक पुनःव्याख्याको अभावलाई ‌औंल्याउदै सात पेज लामो कांग्रेस रुपन्तरणको एजेण्ड र आधुनिकरणको रोडम्यप प्रस्तुत गरेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ