arrow

दुर्घटनामा परी कम्तिमा १३ बालबालिकाको मृत्यु

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार

काठमाडौं। भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा बिहिबार बिहान भएको दर्दनाक दुर्घटनामा कम्तिमा १३ बालबालिकाको मृत्यु भएको छ। स्कुल जाँदै गरेका विद्यार्थी सवार एक भ्यान मानवरहित रेलवे क्रसिङमा यात्रुसहितको रेलसंग ठक्कर खाँदा कम्तिमा १३ विद्यार्थीको मृत्यु भएको हो।  दुर्घटनामा भ्यान चालकको पनि मृत्यु भएको छ। 

भारतीय संचार माध्यमहरुका अनुसार भ्यानमा २० स्कुले बालबालिकाहरु सवार थिए। मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानविन गर्न निर्देशन दिइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ