arrow

सरकारमा जान खुट्टा उचालेका छैनौं – फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ

कुरो कहाँनेर अड्कियो ?

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
rajendra-shrestha.jpg

काठमाडौं । संघीय समाजवादी फोरममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा जानका लागि आफूहरुले खुट्टा नउचालेको बताएका छन् । 

उनले संविधान संशोधन नभएसम्म सरकारमा नजाने प्रतिवद्धतासमेत जनाएका छन् । श्रेष्ठले संविधान संशोधनको दिशामा यो सरकार नलाग्ने हो भने सरकारमा सहभागीता नजनाउने स्पष्ट पारेका छन् । 

उनले भनेका छन्, ‘हामीलाई सरकारमा ल्याउन केपी शर्मा ओली नेतृत्वको सरकारले मात्र होइन शेरबहादुर देउवा र प्रचण्ड नेतृत्वको सरकारले पनि बोलाएका थिए, तर हामी अडानमा छौं, हाम्रा मुद्दामा अडिक छौं ।’

उनले ओली सरकारले आफूहरुलाई सरकारमा लैजान खोज्नुको मतलब संविधान संशोधन हुने संकेत हो भनी बुझ्न आग्रह गरेका छन् । 

कहाँ बिग्रियो त कुरो ? 
फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पटक पटक वार्ता भइसकेको छ । ओलीले फोरमलाई सरकारमा ल्याउनका लागि फागुन ३ मा सपथ खानुअघि नै प्रयास गरेका थिए । 

त्यसपछि हरेक मन्त्रिपरिषद विस्तारमा फोरमको कुरा आउँथ्यो तर अन्तिम समयमा कुरा मिल्दैनथ्यो । 

ओली भारत जानुअघि पनि पहल भएकै थियो । तर धेरैको अनुमान विपरित उनले फोरमलाई सरकारमा लैजानुअघि नै भारत हानिए । 

त्यसपछि भारतको निकट रहेको फोरमलाई भारत भ्रमणपछि सरकारमा लैजाँदा भारतको पनि मन राखिदिएको जस्तो हुने तर्क पनि भयो । 

तर ओलीले अहिलेसम्म फोरमलाई सरकारमा लगेका छैनन् । 

एक एमाले निकट विष्लेषकका अनुसार ओली धेरै तनावमा छन् । उनलाई संघीय संरचनाको मोडल धान्न गाह्रो भइरहेको छ । 

किन त ? उनी भन्छन्, ‘एकातिर सरकार छ अर्कातिर मन्त्रालय थप्नुपर्ने अनि फेरि नेकपा माओवादी केन्द्रसंगको एकताले गर्दा ओली कमरेडलाई केही ह्याङ भइरहेको बुझिन्छ ।’

फोरमले पनि मन्त्रालयको संख्या बढाएपछि ओली हच्किएको बुझिन्छ । ओलीले पहिले संविधानको पालना गर्न खोज्दा मन्त्रालयको संख्या घटाए । अहिले आएर उनलाई थुप्रै गाल पर्ने डरले हच्किए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ