arrow

काठमाडौंमा मौसमले दियो च्यालेन्ज, यस्तो छ कारण 

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
cloud.JPG

काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी भेकमा बिहिबार बिहानदेखि मौसमले च्यालेन्ज दिएको छ । यो क्रम कम्तिमा दुई दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अहिले विहार आसपासमा भएको गडबडीका कारण काठमाडौं उपत्यकासहित पूर्वीभेगमा यसले असर गर्नेछ । 

बंगालको सहती बास्फिकरणका कारण मौसममा परिवर्तन भएको हो । रिमालले यो मौसममा सुधार आउन कम्तिमा दुई दिन लाग्ने बताए । 

उनले हाम्राकुरासंग भने, ‘हामीले अहिले तीन दिनको मौसम हेरिरहेका छौं, दुई दिन डिस्टर्ब छ, तेस्रो दिनदेखि सुधार आउने देखिन्छ ।’

केही स्थानमा बर्षासमेत हुने उनले बताए । अहिलेसम्म बर्षाको रेकर्ड भएको जानकारी नआएको पनि महाशाखाका मौसमविद् रिमालले जानकारी दिए । 

काठमाडौं उपत्यकासहित पूर्वीभेगमा बादल लागेको छ । आकाश खुलेको छैन । घाम पनि लाग्न सकेको छैन । हावा चल्न नसक्दा भिजिबिलिटी कम छ । 

अन्य क्षेत्रमा आंशिक बादल देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ