काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी भेकमा बिहिबार बिहानदेखि मौसमले च्यालेन्ज दिएको छ । यो क्रम कम्तिमा दुई दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अहिले विहार आसपासमा भएको गडबडीका कारण काठमाडौं उपत्यकासहित पूर्वीभेगमा यसले असर गर्नेछ ।
बंगालको सहती बास्फिकरणका कारण मौसममा परिवर्तन भएको हो । रिमालले यो मौसममा सुधार आउन कम्तिमा दुई दिन लाग्ने बताए ।
उनले हाम्राकुरासंग भने, ‘हामीले अहिले तीन दिनको मौसम हेरिरहेका छौं, दुई दिन डिस्टर्ब छ, तेस्रो दिनदेखि सुधार आउने देखिन्छ ।’
केही स्थानमा बर्षासमेत हुने उनले बताए । अहिलेसम्म बर्षाको रेकर्ड भएको जानकारी नआएको पनि महाशाखाका मौसमविद् रिमालले जानकारी दिए ।
काठमाडौं उपत्यकासहित पूर्वीभेगमा बादल लागेको छ । आकाश खुलेको छैन । घाम पनि लाग्न सकेको छैन । हावा चल्न नसक्दा भिजिबिलिटी कम छ ।