arrow

माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
macron-speech-congress.jpg

वासिङटन। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गरेको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन्। उनले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन्।

सम्बोधनका क्रममा उपस्थित सांसदहरूबाट माक्रोंलाई धेरै पटक सम्मान ताली बजाएर सम्मान गरेका थिए। सम्बोधन गर्न लागेका माक्रोंप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान देखाएको बताइएको छ। अमेरिका र फ्रान्सका यी दुइ राष्ट्रपतिबीच माक्रों भ्रमणको क्रममा मत मिल्दै आएका देखिएको भए तापनि आफ्नो भ्रमणमा माक्रोंले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राख्न भ्याएका छन्।

उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको कहिले नटुट्ने अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गरेका थिए। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ