काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको दिन वैशाख ९ गते माओबादीहरुले पुष्पालको फोटो भएको ब्यानर हटाउन लिएको अडानलाई केटाकेटीपन भन्दै ब्यंग्य कसेका छन्।
एमाले पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने “अर्को पार्टीको देखियो भनेर अस्ति पार्टी स्थापनाको दिन केटाकेटीलाई मनमोहन, पुष्पलाल र मदन भण्डारीको नहटाइकन भएन, अगाडी थपे, ‘मनमोहन अधिकारीलाई आफ्नो मान्छे नदेख्ने पनि हुन्छन् भने के लाग्छ, अलि पछि बुझ्छन्, अलि बुझाउन सक्या रहेनछौं, बुझ्छन्, बुझ्नको अर्को बाटै छैन”।
वैशाख ९ गते नेपालमा कम्यूनिष्ट पार्टी स्थापना तथा लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रम ब्यानर विवादले ४ घण्टासम्म शुरु हुन सकेको थियो। पछि, दुईवटा ब्यानर राख्ने सहमतिपछि कार्यक्रम भएको थियो।
अर्को प्रसंगमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले केही नेताको ध्यान म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ, हामी कति हुन्छौं जस्ता कुराले एकिकरणप्रति जनतामा आशंका बढेको भन्दै, यस्ता विषयमा ध्यान दिनेको संख्या थोरै रहेको र आम कार्यकर्ताले भने देशको भविष्यतिर ध्यान दिएकोले एकता हुने तर्क पनि गरे।
उता कार्यकर्ता प्रशिक्षणका लागि रौतहटको चन्द्रपुर पुगेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै सक्रिय भएको जिकिर गरे। सिंगो देशले एकता चाहेको भन्दै उनले, तर आफुहरुले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न चाहेको हो भने। प्रशिक्षण कार्यक्रममा दाहालले, पार्टी एकताको कामलाई अन्तिम रुप दिने भाखा, भोली शुक्रबारका लागि पनि राखे।