arrow

उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरियामा, गम्भीर वार्ता

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
north-south-korea2.jpg

काठमाडौं। उत्तर कोरियाका शासक किम जोन उन दक्षिण कोरियामा पुगेका छन्। उनी सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति पनि बनेका छन्। यो उत्तर कोरिया र दक्षिण कोरियाका लागि एक माइलस्टोन वार्ता बन्नेछ । सन् १९५३ मा भएको युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनबीच भेटवार्ता भएको छ।

सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनाव यो भेटपछि सुध्रिने विश्वास लिइएको छ। दुई कोरियाका नेताबीच स्थानीय समयअनुसार ९ बजे गैरसैनिक क्षेत्रमा भेटघाट हुने समय तालिका मिलाइएको थियो । भेटमा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषयमा छलफल भएको जनाइएको छ।

सुरुआती भेटमा किमले हँसिलो मुद्रामा मून नजिकै आएर हात मिलाएपछि माहोल विश्वसामु नै शान्तिपूर्ण बनेको विष्लेषण गरिएको छ । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए। त्यसपछि दुवै कोरियाका नेताले उत्तर कोरियाको भू–भागमा टेकेका थिए र हात समाएरै फेरि दक्षिण कोरियाकै भू–भागमा फर्किएका थिए।

दुवै नेता रातो कार्पेटबाट दक्षिण कोरियाको सैनिक सम्मानमा सहभागी भएका थिए। त्यसपछि दुवै नेता वार्ताका लागि पिस हाउस प्रवेश गरेका थिए। उनको भ्रमणले सकारात्मक सन्देश दिएको विष्लेषण गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ