arrow

यसरी सिंगारिँदै छ बुद्धजयन्तीमा बुद्धको मावलीगाउँ देवदह पनि

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
devdaha.jpg

बुटवल। बुद्धजयन्तीका बेला वितेका वर्षमा सुनसान देखिने बुद्धमावली देवदह यस वर्ष भने झकिझकाउ देखिने भएको छ। बिश्व शान्तिका अग्रदुत भगवान गौतमबुद्धको मावली गाउँ देबदहमा पहिलोपटक औपचारिक रुपमा बुद्धजयन्ती समारोह गरिने भएको हो।

महामानव गौतमवुद्धको जन्मस्थल लुम्विनीमा प्रत्येक वर्ष भब्य समारोह गरि बुद्धजयन्ति मनाईने गरिन्थ्यो। तथापि बुद्धमावली देवदह क्षेत्र सधै ओझेलमा पर्ने गरेको थियो । यस वर्ष भने देवदह नगरपालिका पर्यटन प्रबद्र्धन तथा बिकास समितिले २५६२ औं बुद्धजयन्तिको दुई दिन अगाडि देवदहको भवानीपुरमा विशेष समारोह गरी बुद्धजयन्ति मनाउने तयारी थालेको हो। लुम्बिनीमा मुल समारोह हुनुभन्दा २ दिनअघि बैशाख १५ गते देबदहमा हुन लागेको कार्यक्रममा संस्कृती तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ। 

देबदह नगरपालिकाको आयोजना र लुम्बिनी विकास कोषको सहयोगमा हुन लागेको कार्यक्रममा साँस्कृतिक महत्वका प्रदर्शन, बुद्ध दर्शन र नैतिक आचरण प्रर्वदनको लागि विशेष प्रबचन लगायतका कार्यक्रम हुने बिहीबार देवदहमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख तथा पर्यटन प्रबद्र्धन तथा बिकास समितिका संयोजक हिराबहादुर खत्रीले जानकारी दिए। एतिहासिक देबदह क्षेत्र गौतमबुद्धको मावलीसँगै ससुराली स्थलका रुपले पनि चिनिने देबदहको विकासको लागि पर्यटन प्रवर्दन समिति निर्माण गरी काम गर्दै आएको खत्रीले बताए। 

पर्यटन गुरुयोजना निर्माण गरी भवानीपुर, बैरीमाई, कन्यामाई, पाकरीबृक्ष, खयरडाँडा, मंगलपुस्करणी दह लगायतका क्षेत्रको चरणबद्ध विकासका लागी बजेट बिनियोजन गरेको जनाएको छ । बैरिमाई र कन्यामाइमा उत्खननको काम पनि भइरहेको छ। बुद्धजयन्तीका अवसरमा देवदहमै गरिने कार्यक्रमले देबदहको ऐतिहासिक, धार्मिक सामाजिक र पर्यटकीय महत्वलाइ थप उजागर गर्ने र बुद्ध मावलीको बिकासका लागि थप टेवा पुग्ने खत्री बताउँछन्। 

यस्तै देबदहको एतिहासीक र पर्यटकिय महत्वबारे जानकारी गराउन स्थानिय र पाठ्यपुस्तक निर्माण गरी कक्षा ६ र ७ मा पठन पाठन भइरहेको उनले बताए। नगरपालिकाले मंगल पुस्करीणी दह संरक्षण र सम्बद्ध, बहुउदेशिय भवन, गोल्डेन टेम्पल अफ लभिग बुद्ध अर्थात सुचना केन्द्र निर्माणको कामलाई अघि बढाएको जनाइएको छ।

त्यस्तै पुरातात्वीक स्थलहरुको उत्खनन, लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक क्याम्पस स्थापनाको लागि इआइए कार्य अन्तिम चरणमा पुगेको छ। लुम्बिनी आउने पर्यटक र तिर्थयात्रीको बसाई अवधि लम्बाउन नसक्दा यहाँको पर्यटन क्षेत्रले फाइदा लिन नसकेको नगरप्रमुख खत्री बताउँछन्।

उनले लुम्बिनी आउने पर्यटकलाई एकपटक लुम्बिनी आउने वातावरण बनाउनै पर्नेमा जोड दिए। गौतमबुद्धको जन्म स्थल लुम्बिनीबाट ५७ किलोमिटर पूर्वमा पर्ने देबदह क्षेत्र बुद्धकी आमा मायादेबी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको माइति स्थल समेत हो। 

यस क्षेत्रमा रहेका विभिन्न बुद्धसँग सम्वन्धित संघसंस्थाले बुद्धमावली स्थल देवदहमा यसवर्ष बुद्धजयन्तिको अवसरपारी विभिन्न कार्यक्रम समेत गर्दै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ