arrow

वार्ताअघि उत्तर कोरियाली नेता किमले पुस्तिकामा के लेखे ?

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
north-south-korea-.jpg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियका राष्ट्रपति मून जे इनवीचको वार्ता दुुई देशवीचको सीमा क्षेत्रमा शुरु भएको छ । नेता किम र मूनले पत्रकारकै सामु वार्ताको शुरुवाती मन्तव्य दिएका छन् । 

नेता किम : अपेक्षा उच्च छ र हामीले विगतबाट पाठ सिकेका छौं । यदि हामीवीच भएका असल सम्झौताको सही कार्यान्वयन गरेनौं भने उच्च आकांक्षा राखेर बसेका जनता निराश हुनेछन् । मलाई आशा छ, हामीले आजको दिन आउनुअघि विगतका  ११ वर्ष खेर फालेका छौं । अब हामी बारबार भेट्ने छौ र सहकार्य गर्नेछौं भने ११ वर्ष खेर फाल्ने छैनौं । मलाई आशा छ, अब हामी नयाँ अध्याय लोख्नेछौं । मलाई विश्वास पनि छ, हामी नयाँ यात्राको थालनी गर्न सक्षम हुनेछौं । यही प्रतिवद्धता सहित म बैठकमा सहभागी भएको हुँ । 

राष्ट्रपति मून : दक्षिण कोरियामा नयाँ वसन्त छाएको छ । मलाई विश्वास छ, हामीवीचको भेट हामी सबैका लागि अति महत्वपूर्ण छ । यसको अर्थ हाम्रो काँधमा ठूलो अभिभार छ । कमरेड किम, हाम्रो इतिहासर्म तपाईंले पहिलोपल्ट सैन्य रेखा पार गरेर यहाँ आउनु भएको छ । यो अब विखण्डनको होइन, शान्तिको संकेत बनेको छ । नेता किम, तपाईंले लिएको शाहस र शाहसी निर्णयप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । 
 
ऐतिहासिक वार्ताको तयारीमा रहेका उत्तर केरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनको भेट भएको छ । अन्तर कोरियाली सम्मेलनका लागि सीमा क्षेत्रको शान्ति गृह (पीस हाउस) मा प्रवेश गर्दैगर्दा उत्तर कोरियाली नेता किमले गेष्ट पुस्तिकामा इतिहासको नयाँ बिन्दुको थालनी भएको लेखेका छन् । उनले पुस्तिकामा लेखेका छन्, “अहिलेदेखि नयाँ इतिहासको शुरुवात भएको छ” र “इतिहासको शुरुवाती विन्दुको शुरुवातसँगै शान्तिको युगको शुरुवात भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ