arrow

मोदी चीनमा, भारत चीनबीच शीर्ष वार्ता

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
modi-china-visit.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन् । मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिmङबीच शुक्रबार शीर्ष वार्ता हुँदैछ ।

मोदीको यस भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । मोदीले २४ घण्टाको अवधिमा आधा दर्जन महत्वपूर्ण वार्ता र छलफल गर्ने कार्यतालिका रहेको छ । 

डोकालाम मुद्दापछि यो वार्ता हुन लागेकाले यसलाई निकै चासो र महत्वका साथ हेरिएको भारतीय संचारमाध्यमसंगै चिनियाँ संचारमाध्यमले बताएका छन् । 

दुई देशबीच समस्याको समाधान खोज्नेमात्र पहल हुने यो वार्ताका क्रममा कुनै सम्झौतामा हस्ताक्षर पनि नहुने र कुनै साझा पत्रकार सम्मेलन या बयान पनि नआउने बताइएको छ । 

दुई दिने अनौपचारिक शिखर वार्ताका लागि मोदी पहिले चीनको वुहान पुगेका छन् । 

वार्तामा दुई देशबीचको सम्बन्ध बढाउने विषय, रणनीति तथा दीर्घकालीन परिप्रेक्ष्यको समीक्षासमेत हुने बताईएको छ । 

मोदी र शीबीच वान–टु–वान वार्ता समेत हुनेछ । यस्ता दुई वार्ता पनि हुनेछन् जहाँ ६–६ सदस्यीय डेलिगेशन पनि सामेल हुने भारतीय संचारमाध्यमले बताएका छन् । 

मोदीको भोजनका लागि खास साकाहारी गुजराती खानाको व्यवस्था गरिएको छ । यो वार्तालाई ३० वर्ष पहिले भारतीय प्रधानमन्त्री राजीव गान्धी र डाङ शाखोपिङबीच भएको वार्ताको याद दिलाउने बताइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ