arrow

नेपाल एयरलाइन्सको यात्रु संख्या घट्यो

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
nepal-airlines--airport.jpeg

काठमाडौं। अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ। लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४/७५ मा कमी आएको हो।

निगमको तथ्यांकअनुसार आव २०७४/७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख १८ हजार यात्रु पुगेका छन् अघिल्लो आवको सोही अवधिमा एक लाख ४५ हजार यात्रु पुगेका थिए। तुलनात्मक रुपमा यो संख्या २७ हजारले कमी हो। आव २०७२÷७३ को आठ महिनामा एक लाख २४ हजार यात्रु थिए।

आव २०७३/७४ मा चार लाख २१ हजार यात्रु पुगेका थिए भने आव २०७२/७३ मा जम्मा तीन लाख ४४ हजार यात्रुले निगमको विमान चढेका थिए। यस्तै आन्तरिक उडानतर्फ भने निगमका यात्रु बढेका छन्। आव २०७४/७५ को आठ महिनामा २९ हजार यात्रु पगेका छन् भने अघिल्लो वर्षको समीक्षा अवधिमा २८ हजार यात्रुले निगमको विमान यात्रा गरेका थिए। आव २०७२/७३ मा जम्मा १३ हजार यात्रुले निगमको विमान चढेका थिए।

अन्तर्राष्ट्रिय उडानमा विमान कम हुनु र भएको एक बोइङ पनि इञ्जिन बिग्रिएर मर्मत गर्न झण्डै दुई महिना लागेका कारण यात्रुको संख्यामा कमी आएको निगमको भनाइ छ। अन्तरराष्ट्रिय उडानका लागि निगमले दुई वाइडबडी विमान खरिद गरेर ल्याउँदैछ। आगामी जेठको अन्तिम साताभित्र पहिलो विमान आउने र असारदेखि सेवा शुरु गर्ने निगमको तयारी छ।

निगमले अन्तर्राष्ट्रियतर्फ एक बोइङ कलसाइन नाइन एन एसिए ७५७ विमान र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ। निगमका दुईवटा बोइङमध्ये अर्को नाइन एसिबी ७५७ विमान लिलाममा बिक्री भइसकेको छ। अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको निगमले आन्तरिक उडानमा नौवटा विमानबाट विभिन्न २३ गन्तव्यमा उडान गरिरहेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ