arrow

मोदी र सि शिखर सम्मेलनमा सहभागी

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
modi-xi-meet-2018.jpg

वुहाङ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ। चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो। राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि प्रधानमन्त्री मोदी शुक्रबार बिहानै बुहाङ आइपुग्नु भएको थियो। 

एक्लाएक्लै भेटवार्ताका क्रममा उनीहरुले विश्वव्यापी, क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा केन्द्रित भएर छलफल गर्ने तयारी भएको उच्च अधिकारीले बताएका छन्। खानापछि दुई जनाका बीचमा एक्ला एक्लै वार्ता गर्ने कार्यतालिका रहेको छ। उनीहरुको एक्ला एक्लै भेटवार्ता हुवेई प्रादेशीक संग्रालयमा हुने तय गरिएको छ।

उनीहरुले बेलुकाको खाना पनि दुई जना मात्रै बसेर खाने कार्यक्रम रहेको छ। बेलुकाको खाना भने विदा मनाउने प्रसिद्ध गन्तव्य इस्ट लेकमा हुने कार्यतालिका रहेको अधिकारीले बताएका छन्। रासस-पिटिआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ