arrow

काँग्रेस कार्यकर्तालाई निराश नहुन गगनको आग्रह

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
gagan5.jpg

चितवन। नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौं लडाइँ हारेको तर युद्ध जितेको बताए।

उनले भने, “अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक हुँदैन। हामी सबै आस्थाका कारणले काँग्रेसमा लागेको हो।” थापाले निर्वाचनमा जित र हार जे भए पनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छाया सरकारको रुपमा काम गर्नुपर्छ भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ