arrow

नारायणी अस्पतालको वृद्धी शुल्क फिर्ताको मांग गर्दै युवाहरुद्वारा प्रदर्शन

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
hospital-fee-birjung.jpg

वीरगन्ज। नारायणी उपक्षेत्रीय अस्पतालले वृद्धी गरेको सेवाशुल्क फिर्ताको मांग गर्दै वीरगन्जका युवाहरुले पर्दशन गरेका छन्। गरिब जनतालाई उपचार सेवा प्रदान गर्न नेपाल सरकारले संचालन गरेको अस्पतालले निजी सरह गरेको शुल्क वृद्धी त्तकाल फिर्ता हँुनुपर्ने माग गर्दै शुक्रबार विभिन्न समाजिक संस्थामा आवद्ध रहेका युवाहरुले अस्पतालको मुल गेटमा प्रदर्शन गरेका हुन।

सरकारी अनुदानमा संचालन हुने अस्पताल मै गरिब जनताको ढाँड सेक्ने गरी सेवा शुल्क कायम गर्नु उचित नभएकाले वृद्धी गरिएको सेवा शुल्कलाई फिर्ता लिन खबरदारी सहित प्रदर्शन गरिएको वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाँईले जानकारी दिनुभयो। उहाँले उपक्षेत्रीय अस्पतालमा उचार गराउन तराईका पाँच जिल्लाका गरिक निमुखा जनता आउने गरेको र शुल्क वृद्धीले उनको उपचारमा समस्या थपने भएकाले वृद्धी गरिएको शुल्क फिर्ता गर्न दवाद स्वरुप प्रर्दशन गरिएको बताए।

अस्पताल विकास समितिको बैठकबाट एक महिना अगाडी शुल्क वृद्धी गर्ने निर्णय गर्दै ४ सयको सट्टा ६ सय भिडियो एक्सरेको शुल्क कायम गर्नु जनताको हितमा नभएको आन्दोलनमा सहभागि समाजिक अभियन्ता प्रकास थारुको भनाइ रहेको छ। ‘हुने खानेले महँगो शुल्क तिरी देश भित्र र बाहिरका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सकछन , तर गरिब जसलाई खान लागउनै धाउ–धाउ छ, उसले भिडियो एक्सरेको ६ सय रुपैया तिर्न गारोह हुने भएकाले शुल्कवृद्धीको विरोध गरिएको’ उनले बताए।

यसै विषयमा उपक्षेत्रीय अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा.एनामुल हकसंग बुभ्दा उहाँले विगत १० वर्ष देखी उपक्षेत्रीय अस्पतलमा कुनै शुल्क वृद्धी नभएको र अस्पतालको आम्दानीले कर्मचारीलाई तलब सुविधान दिन समेत गाह्रो भएकाले थप सेवासंगै थोरै शुल्क विद्धी गरिएको जानकारी दिए। उनले अस्पतालको मासिक आम्दी भन्दा दोब्बर खर्च भएकाले बोर्डको निर्णयबाट २० देखी ३० प्रतिशत सेवा शुल्कलाई वृद्धी गरिएको बताए।

यसै बीच उपक्षेत्रीय अस्पतालको प्रयोगशाला तोकिएको समय भन्दा आधीघण्टा अघि नै कर्मचारीले नमुना संकनलका लागि हुने दर्ता बन्द गरेपछि विरामी विरोधमा उत्रिएका छन्। शुक्रबारका दिन दिउसो १२ बजेसम्म दर्ता गर्ने प्रयोगशालाले नै टाँस गरेको सुचनामा उल्लेख भएपनि ११:३० बजे नै कर्मचारीले दर्ता बन्द गरेपछि विरामी र उनका आफ्न्त आक्रोशित भएक हुँन।

समय अविधी अघि प्रयोगशालाको दर्ता किन बन्द गरिएको विषयमा प्रयोगशला प्रमुख श्रवण मिश्रसंग बुझदा उनले तोकिएको भन्दा पहिले नैं दर्ता बन्द गर्नु कर्मचारीको गल्ति भएको स्वीकार गरे। उनले प्रयोगशालाका लागि आवस्यक जनशक्ति नभएकाले काममा समस्या भएको अस्पताल प्रशासनलाई जानकारी दिदै आएपनि कुनै सुनुवाइ नै नभएपछि अन्य दिनमा १ बजेसम्म र शुक्रबार १२ बजे सम्म मात्र नमुना  सांलनका लागि दर्ता गरिने नियम लगाएको बताए।  

यसै विषयमा मेसु हकसंग बुभ्दा उहाँले प्रयोग शालामा बन्द गरिएको दर्तालाई  पुनः संचालन गरिएको र घटना वारे प्रयोगशालाका प्रमुख मिश्रलाई लिखित रुपमै स्पस्टीकरण सोधिएको बताए।

प्रयोगशालामा जन शक्ति कम भएपनि सेवा नैं बन्द गर्ने कार्य गलत भएकाले घटना वारे छानविन गरी दोषि देखिनेलाई कार्यवाही गरिने मेसु हकले बताए। उनले जनताको स्वास्थ्यसंग खेलवाड गर्ने कसैलाई अधिकार नभएकाले कर्मचारीबाट भएका कमी कमजोरीलाई सच्चयाउने प्रतिवद्धता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ