ओली-दाहालबीच भेट, पार्टी एकतामा मिल्न बाँकी विषयमा छलफल
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
654
Shares
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन। त्यसपछि दुवै अध्यक्षबीच आज पहिलो पटक भेटवार्ता भएको हो। रासस