arrow

मलेसियामा मासिक ११ हजार रोजगारीमा

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
foreign_employment-2.jpg

काठमाडौं। दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार ११४ र महिला एक हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन्।

त्यस्तै रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन्। चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४०३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन्। त्यस्तै कम जाने मुलुकमा जापान छ। त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ