arrow

राष्ट्रपति चुनावमा कुमारी लक्ष्मीभन्दा राष्ट्रपति भण्डारीको खर्च ज्यादा

निर्बिरोध भएका उपराष्ट्रपति पुनले पनि चुनावमा खर्च गरे

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
rastrapati-candidate-bidhya-laxmi.jpg

काठमाडौं। गत माघ २९ मा भएको राष्ट्रपति चुनावमा उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्पर्धी उम्मेदवार काँग्रेसकी कुमारी लक्ष्मी राईले भन्दा ७ हजार २ सय ५० रुपैयाँ बढी खर्च गरेको पाइएको छ। राष्ट्रपति भण्डारीले सरकारले दिएको सेवा सुबिधाका अतिरिक्त चुनावमा सवारी साधन र कार्यालय संचालनमा समेत रकम खर्च गरेको पाइएको छ। 

उनले सवारी साधनमा २० हजार रुपैयाँ, इन्धनमा ५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १५ हजार र प्रतिनिधि परिचालनमा ५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएकी छन्। आयोगले राष्ट्रपति चुनाव भएको २ महिनामा अर्थात् चैत २८ गतेसम्ममा खर्च विवरण बुझाउन भनेकोमा, भण्डारी, राई र उपराष्ट्रपतिका निर्विरोध उम्मेदवार पुनले ताकिएको मितिभन्दा एक दिनअघि खर्च विवरण बुझाएका छन्।

भण्डारीको तुलनामा काँग्रेस उम्मेदवार कुमारी लक्ष्मी राई किफायती देखिएकी छन्। भण्डारीले मतदाता नामावली खरिदमा हजार रुपैयाँ खर्च गर्दा राईले यो शीर्षकमा एक पैसा पनि खर्च गरेकी छैनन्। 

राईले सवारी साधनमा भने भण्डारीले जत्ति नै २० हजार रुपैयाँ खर्च गरेकी छन्। उनले इन्धनमा भण्डारीले भन्दा २ हजार २ सय ५० रुपैयाँ कम अर्थात् ५ हजार रुपैयाँ खर्चेकी छन्। राईले कार्यकर्ता परिचालनमा पनि कत्ति खर्च नगरेको विवरण आयोगलाई बुझाएकी छन्। कार्यालय सञ्चालन शीर्षकमा भने उनले १० हजार रुपैयाँ सकेको विवरण दिएकी छन्, जहाँ भण्डारीले यो शीर्षकमा खर्च गरेकी छैनन्। उनले प्रतिनिधि परिचालनमा भण्डारीले जत्ति नै ५ हजार रुपैयाँ खर्च गर्दा, विविध शीर्षकमा भण्डारीले भन्दा अतिरिक्त हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन्।

दोश्रो कार्यकालका लागि निर्बिरोध भएका उपराष्ट्रपति नन्द बहादुर पुनले पनि मतदाता नामावली खरिद, सवारी इन्धन र विविध शीर्षकमा खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले मतादाता नामावली खरिदमा ५ सय, चुनावको बेला सवारी साधनमा ६ हजार २४ लिटर डिजेल हाल्दा ५ हजार र विविध शीर्षकमा अर्को ५ हजार रुपैयाँ खर्च गरेको छु भनेर आयोगमा विवरण बुझाएका छन्।

उम्मेदवाहरुले बुझाएको खर्च विवरणमा राष्टपति भण्डारीले आफैं हस्ताक्षर गरेकी छन् भने कुमारी लक्ष्मी राईको खर्च विवरणमा उनका निर्वाचन प्रतिनिध मीन विश्कर्मा र उपराष्टपति पुनको विवरणमा उनका निर्वाचन प्रतिनिधि सुक बहादुर रोकाले हस्ताक्षर गरेका छन्। 

राष्ट्रपति र उपराष्ट्रपति चुनावमा उम्मेदवारले आयागमा बुझाएको खर्च विवरण : 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ