arrow

किन देखिसहँदैनन् प्रधानमन्त्री ओली अर्बपति विनोध चौधरीलाई ?

यो हो नि त कुरो !

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
oli-binod.JPG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ देखि २५ सम्मको भारत भ्रमणका क्रममा डलर अर्बपति उद्योगी विनोद चौधरीलाई नराखेपछि थुप्रै अड्कलबाजी आए। कतिपयले काँग्रेसमा गएकै कारण ओलीले चौधरीलाई भ्रमण टोलीमा नराखेको दाबी गरे । तर वास्तविकता अझै केहि फरक पाइएको छ। किनकि काँग्रेस नेता र काँग्रेस निकट उद्योगी व्यापारी पनि ओलीको भ्रमण ओलीमा सामेल थिए ।

कारण यस्तोः

आफुहरुसँग भएको ९ बुँदै सहमति कार्यान्वयन नगरेको र आलोपालो प्रधानमन्त्री बन्ने भद्र सम्झौता तोडेको भन्दै नेकपा माओबादी केन्द्रले सरकारबाट हात झिकेपछि, ओलीले बाध्य भएर २०७३ को साउन ८ गते राजीनामा दिए। राजीनामा दिएको एकसाताकै आसपास ओलीले आफैं उद्योगपति विनोद चौधरीको मोबाइलमा केही पटक फोन गरे। चौधरीले फोन उठाएनन्। ओलीको अपेक्षा थियो चौधरीले कल ब्याक गर्नेछन् । तर चौधरीले वास्ता गरेनन्। आफुले गरेको फोन नउठाउने र कल ब्याक समेत नगरेपछि ओली चौधरीसँग साह्रै चिढिए।

सबको अगाडी बदला लिएः

दोश्रो कार्यकालका लागि गत फागनु ३ मा ओली प्रधानमन्त्री नियुक्त भए। ओली फेरी प्रधानमन्त्री भएपछि उद्योगी व्यवसायीको टोली उनलाई सम्मान गर्न पुग्यो। टोलीमा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत थिए। साथमा विनोद चौधरी पनि थिए। फुलमाला लगाइदिन गएका चौधरीले ओलीसँग हात मिलाउन खोजे । तर ओलीले हात दिएनन्, अल्मल्याए । चौधरीले दोश्रो प्रयास गरे ओलीसँग हात मिलाउने। त्यो प्रयास पनि खेर गयो । त्यही बेला ओलीले पुरानो प्रसंग सम्झाए चौधरीलाई । आफुले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि फोन गर्दा किन नउठाएको भनेर ।  चौधरीले टार्ने प्रयास गरे। उनले आफु फेरी प्रधानमन्त्री बन्दैन भन्ने लागेर हो ? समेत भन्न भ्याए । उद्योगीको अगाडी चौधरीको अनुहारको भाव फेरियो।

भ्रमण टोली गठनको बेला :

भारत भ्रमण गर्नुअघि ओलीको टोलीमा सामेल गराइनेहरुको सूची तयार भयो। ओलीले रुजु गर्न चाहे। सरसर्ती हेर्दै जाँदा ओलीले विनोध चौधरीको पनि नाम फेला पारे। सूची बुझाउनेलाई नजिक डाक्दै ओलीले औंलाले इशारा गर्दै चौधरीको नाम हटाउन भने। ती कर्मचारीले नबुझेको जस्तो गरेपछि, ओलीले बोलेरै नाम हटाउन आदेश दिए। विनोद चौधरी बाहेक अरु हुने भनेपछि, चौधरी ग्रुपका एमडी, उनकै छोरा निर्वाणलाई टोलीमा राखियो। यद्यपी चौधरी ग्रुप निकटहरुले भने, उनले केही महिनादेखि नै प्रधानमन्त्रीहरुको विदेश भ्रमणमा जान छाडेको र यसपटक ओलीको भारत भ्रमणका बेला समेत उनी विदेशमा रहेकोले टोलीमा नरहेको जवाफ दिएर टार्ने गरेका छन्।  

यसअघि एमालेबाट सांसद बनेका चौधरी एकाएक काँग्रेस प्रवेश गरेको तुष मेट्न पनि ओलीले उनलाई भारत भ्रमण टोलीमा नराखेको अड्कल काट्न सजिलो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ