arrow

घाइते नगर प्रमुखकै अगाडि फोनमा के भने प्रहरीलाई नेता नेपालले

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
neta-nepal.jpg

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरीसँग आग्रह गरेका छन् ।  

शनिवार मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर गत वैशाख ८ गते शनिबार सांघातिक आक्रमणमा घाइते भई उपचाररत नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई फोनबाटै आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न आग्रह गरेका हुन् ।  

उनले फोनबाटै भने–“एसपी साहेब, जनप्रतिनिधिलाई आक्रमण गर्ने आक्रमणकारी आठ दिन बित्दा पनि किन पक्राउ परेनन्, आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुस् ।”

प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने बताएको नेपालले प्रमुख श्रेष्ठलाई जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ