arrow

चीन पठाउने गैंडा नियन्त्रण गरियो

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
Rhino.jpg.jpeg

चितवन । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिवार नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि शनिवार साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो ।

शुरुमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भएपनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिइएको उनले बताए । करिब दुई वर्षको गैंडा बेहोस बनाएर नियन्त्रणमा लिइएको उनले बताए ।

नियन्त्रणमा लिइएको गैंडालाई निकुञ्जको बाटो हुँदै गाडीमा राखेर सौराहा लगिएको छ । सौराहामा रहेको पिट बुमा (खोर) मा गैंडालाई राखिनेछ । केही दिन खोरभित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिने छ । करिब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाइनेछ ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनियाँ प्रतिनिधि पनि यसअघि नै आइसकेका छन् ।

विसं. २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ