देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रर्दशन
प्रकाशित २०७५ वैशाख १६ आइतबार
403
Shares
काठमाडौं । आज अप्रिल २९ तारिख, विश्व नृत्य दिवस संसारभर नृत्य सम्बन्धि विभिन्न कार्यक्रम गरि मनाइँदैछ। आजको दिन, नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्धेश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन ।
सन १९८२ अप्रिल २९ आजकै दिनमा पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) अन्तर्गत पर्ने अन्तर्राीष्ट्रय थिएटर इन्ष्टिच्युटको अन्तराष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो ।
जीन जर्ज नोभेरे नामका व्यक्तिको जन्म दिनको सम्झनामा अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । यो दिवसको प्रमुख उद्देश्य भनेकै विश्वस्तरमा सर्वसाधारणमाझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु रहेको छ । सन् २००५ मा नृत्य दिवसको अवसरमा नृत्यकलालाई संसारभर प्राथमिक शिक्षा प्रणालीमा आबद्ध तथा केन्द्रित गरिएको थियो ।
नृत्यकलासंग जोडिएको हिन्दू धार्मिक प्रसङ्ग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रह्माले नृत्यवेद तयार गरेको र त्यहिबेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ ।