arrow

कमल थापाको जनवर्गिय संगठनका प्रमुखलाई निर्देशन - सक्रिय हुनोस

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता, जनता र मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर साँगठनिक गतिविधिलाई तिव्रता दिन पार्टीका जनवर्गिय संगठनका प्रमुखहरुलाई निर्देशन दिएका छन ।

आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भातृ संगठनहरु पार्टी जस्तै समानान्तर ढंगले अगाडी बढ्नु पर्ने आवश्यकता औल्याए । उनले अहिले निष्कृय भएर बस्ने कसैलाई छुट छैन भन्दै संगठनलाई क्रियाशील, जिवन्त र जुझारु बनाईराख्न “बार्षिक कार्ययोजना” बनाएर संगठनलाई चुस्त बनाउनु पर्नेमा जोड दिए ।

बलियो एजेण्डा र राष्ट्रवादी प्रजातान्त्रिक धारलाई बोकेर अगाडी बढिरहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा ल्याउनको लागि बलियो संगठनको विकल्प नभएको चर्चा गर्दै थापाले जनताको विश्वास जित्नको निमित्त जनतामा जानुपर्ने र राप्रपाप्रति छरिएका नकारात्मक भ्रमलाई चिर्नको निमित्त चनाखो हुन समेत सवैलाई सचेत गराए ।

सो अवसरमा १७ वटा जनवर्गिय संगठनका प्रमुखहरुले संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व राज्यमन्त्री भास्कर भद्रा र सहायक महामन्त्री राजाराम बर्तौलाको समेत उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ