arrow

गोली लागेका हिन्दू धर्मगुरु फर्किए घर, अपराधीको अत्तोपत्तो लागेन

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
nibas_acharya2.jpg

विराटनगर । केही दिन पहिले गोली हानी घाइते भएका हिन्दू धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किएको  न्यूरो अस्पताल, विराटनगरले जनाएको छ ।

धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए ।

दाहिने छातीको माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो ।

उनलाई सघन कक्षमा राखी वरिष्ठ चिकित्सक सुदीप खनियाँको समूह उपचारमा जुटेको थियो ।

घटनापछि प्रहरीले शंकास्पद दुईजनालाई पक्राउ गरेपनि अनुसन्धानपछि छुटेका थिए भने अपराधी अहिलेसम्म पक्राउ नपरेकोमा धार्मिक अनुयायीहरुले आलोचना गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ