arrow

पदाधिकारी नियुक्त गर्न काँग्रेस बैठक अझै बस्न सकेन, प्रयास आ–आफ्नै

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
congress-office.jpg.gif

काठमाडौं । नेपाली काँग्रेसमा पदाधिकारी नियुक्त गर्नका लागि सोमबार बिहान ८ः३० बजेका लागि डाकिएको बैठक अहिलेसम्म बस्ने सकेको छैन । 

पदाधिकारी नियुक्तका लागि सर्वसम्मत गराउन पहल भने जारी रहेको छ । काँग्रेस मुख्यालय वीपीनगर सानेपामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा प्रकाशशरण महत लगायत सबै छलफल गरिरहेका छन् । 

बैठक बस्न नसके पनि आफ्ना आफ्ना च्याम्बरमा केन्द्रीय सदस्यहरुलाई बोलाएर वान टु वान वार्ता भने भइरहेको बताइएको छ।

बिना सरसल्लाह पदाधिकारी मनोनयन गर्न लागिएको भन्दै पौडेल पक्षले बहिस्कार गर्ने सम्भावना रहे पनि पौडेल पक्षधर नेताहरु पनि सहभागी छन् । 

आइतबारमात्र सर्वसम्मत रुपले बैठक सकिएको अवस्थामा पदाधिकारी नियुक्त गर्दा बहुमतमा गर्न खोजे सन्देश गलत जाने सम्भावना रहेको भन्दै सर्वसम्मत प्रयास जारी रहेको बताइन्छ । 

सर्वसम्मत हुन नसके सोमबारको बैठक सर्न सक्ने पनि अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ