arrow

पदाधिकारी नियुक्त गर्न बस्न लागेको काँग्रेस बैठक स्थगित, सहमितका लागि २१ गतेसम्मका लागि म्याद  

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
congress-office.jpg.gif

काठमाडौं । नेपाली काँग्रेसमा पदाधिकारी नियुक्त गर्नका लागि सोमबार डाकिएको बैठक स्थगित भएको छ । सहमतिबाटै पदाधिकारी नियुक्त गर्नका लागि भन्दै सोमबार डाकिएको बैठक बैशाख २१ गते शुक्रबारका लागि डाकिएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश बैठक बैशाख २१ गतेका लागि सारिएको जनाएका छन् । 

विशेष कारणवश भनिए पनि सहमतिको प्रयासका लागि बैठक स्थगित गरिएको बुझिएको छ । 

बिहान ८ः३० बजेका लागि डाकिएको बैठकका लागि सभापति शेरबहादुर देउवासहित महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा प्रकाशशरण महत लगायत नेताहरु पार्टी कार्यालय बीपीनगर सानेपा पुगेका थिए ।  उनीहरुले सहमतिका लागि सामान्य पहल गरे पनि तत्काल त्यो सम्भव नभएपछि बैठक २१ गतेका लागि सारिएको हो । 

यो अवधिमा सहमतिका लागि पहल गरिने जनाइएको छ । बहुमतको बलमा एक्लै पदाधिकारी नियुक्त गर्न खोजेको भन्ने आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाइरहँदा सभापति शेरबहादुर देउवा पक्ष भने सहमतिमै पदाधिकारी नियुक्त गर्ने भन्दै सार्न सहमत भएको हो । 

यो समयको अवधिमा पदाधिकारी नियुक्तका लागि छलफल तीव्र पार्ने पनि देउवा पक्षको रणनीति रहेको छ । 

सोमबार बस्न नसकेको बैठकका लागि बिना सरसल्लाह पदाधिकारी मनोनयन गर्न लागिएको भन्दै पौडेल पक्षले बहिस्कार गर्ने सम्भावना रहे पनि पौडेल पक्षधर नेताहरु पनि सहभागी भएका थिए । तर त्यो बैठकमा सहमति सम्भावना कम रहेसंगै बैठक सरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ