arrow

काभ्रेको बनेपामा चण्डेश्वरीको मुख्य जात्रा शुरु

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
jatra.JPG

काठमाडौं।  काभ्रेको बनेपामा  चण्डेश्वरीको मुख्य जात्रा शुरु भएको छ । प्रत्येक वर्षको बैशाख शुक्लको पुर्णिमाको दिनदेखि दुई दिनसम्म भव्य रुपमा यो जात्रा मनाउने गरिन्छ ।  यो जात्रामा वाजागाजासहित रित्तो खटलाई चण्डेश्वरी पुर्‍याइ भोलिपल्ट देवीको मुर्ति रथमा राखेर फर्कने गरिएको छ ।

जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ ।  जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवार समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।

वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजा समेत गरिने प्रचलन छ । जात्रामा काठमाण्डौ, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट भक्तजन बनेपा पुग्ने गरेका छन् ।

चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएकोले बिशेष उल्लासका साथ यो जात्रा मनाइन्छ ।
वंशावलीअनुसार सत्ययुगमा चण्डासुर दैत्यले भगवान महादेवको तपस्या गरी शक्ति पाएर देवी देवतालाई वध गर्न थालेपछि चण्डेश्वरी कुमारी भगवतीको रुपमा प्रकट भई चण्डासुर दैत्यलाई मारेको खुशीयालीमा परापूर्वकालदेखि यो जात्रा मनाउने गरिएको हो । चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा यो  जात्राको परम्परा सुरु भएको हो ।

काभ्रे जिल्लाको उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्से्नि हुने गरेको छ ।जात्राका लागि बनेपा नगरपालिकाले करीब ९ लाख प्रदान गरीएपनि करीब १२ लाख खर्च हुने गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ