arrow

मापासे गरि ट्याक्टरको टेलरमा ठोकिदा मोटरसाइल सवार दुईको मृत्यु, दुई गम्भिर घाइते

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख १७ सोमबार
bike-accident.jpg

वीरगन्ज । मदकपदार्थ सेवन गरी मोटरसाइकल चलाउदा पर्सामा दुई जना युवाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरी पर्साको पोखिरया नगरपालिकाबाट वीरगन्ज आउदै गरेको चार जना  सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जानको मृत्यु हुनुको साथै दुई जना गम्भिर घाइते भएका छन् ।

पोखरिया नगरपालिकाको वडा नम्बर ४ स्थित कृष्ण आयल स्टोर अगाडीको सडक  मर्मतकालागि खडा गरिएको ना ४ त ९६०७ नम्बरको ट्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना  सवार मोटरसाइकलले ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु हुनु साथै दुई जनागम्भिर घाइते पर्साका प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जनाकारी दिए ।

मृतकको परिचय हालसम्म खुल्न नसेको बताउदै उपरिक्षक लिम्बुले  सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका जिराभवानी गाँउपालिका निवासी रामबाबु मुखिया विणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा र  सोहि स्थान निवासी धनलाल मुखिया विणको वीरगन्ज कै नेशनल मेडिक शिक्षण अस्पतालमा उपचार भईरहेको जानकारी दिए ।

घाइतेहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मृतकहरुको शव परिक्षणका लागि उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।

मदक पदार्थ सेवन गरी तिब्रगतीमा चलाएको मोटरसाईक लाई चालकले नियन्त्रण  गर्न नसकेको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धनबाट देखिएको प्रहरीले जनाएको  छ । घटना वारे थप अनुसन्धन भइरहेको प्रहरीले बताएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ