arrow

प्यूठान खलङ्गामा ४० लाखमा ८ ढुङ्गेधारा निर्माण हुँदै, पोखरेलले गरे एकको उद्घाटन

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
गम.jpg

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोख्रेलबाट उनकै सकृयतामा खलंगा प्युठानमा निर्मित ढुंगेधाराको सोमवार विहान एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा पोख्रेलले पुरानो परम्परा र संस्कृति बचाउने आफ्नो अभियानलाई सफल बनाउन सहयोग पुर्याएकोमा खलंगाबासिलाई धन्यवाद दिए ।

उनी निरन्तर प्युठानको विकासमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे । अव खलंगालाई कलात्मक सहरको रुपमा विकास गर्न सवै एकजुट हुन समेत उनले आह्वन गरे । खलंगालाई ५ नं प्रदेशको वन्दिपुर बनाउने आफ्नो प्रयास रहने उनको प्रतिवद्धता छ ।

झण्डै ३ सय वर्ष पुरानो नेवार बस्तिका रुपमा रहेको जिल्ला सदरमुकाम खलंगामा पछिल्लो समयमा नेवारी संस्कृति र परम्परा अनुसार विकास पद्धति अगाडि वढाउने छलफल पछि डा. पोख्रेलको अगुवाईमा ८ वटा ढुंगेधारा निर्माण प्रारम्भ गरिएको मल्लरानी गाउपालिका ४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । यसका लागि वडाको वजेटबाट ५ लाख समेत छुट्टयाइएको उनले बताए ।

झण्डै ४० लाखको लागतमा ८ वटा ढुंगेधारा निर्माण हुँदै गरेको ईञ्जिनियर सन्तोष श्रेष्ठले बताए । खलंगा बाहेक नेवार समाजको वाहुल्यता रहेको विजुवारको भाैकामा पनि यस्तै धारा निर्माण गरिने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ