arrow

एमाले, कार्यकर्तालाई जागिर दिएर भोट फकाउने प्राईभेट कम्पनी : गगन थापा

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७५ वैशाख १७ सोमबार
gagan-thapa2.jpg

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा  पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेकपा एमालेले कार्यकर्तालाई जागिर दिएर भोट फकाउने गरेको भन्दै एमाले प्राईभेट कम्पनी  भएको  आरोप लगाएका छन । उनले शुसिल कोईराला नेतृत्वको सरकारले  संविधान नबनाएको भए र शेर बहादुर देउवाको नेतृत्वमा निर्वाचन नभएको  भए ओली सरकारले रारा तालमा पौडि खेल्न मात्र पाउने तर  डिलमा बसेर शुभकामना दिन नपाउने भन्दै कटाक्ष  गरे । कांग्रेसले चुनाव हार्न तयार भयो तर निर्वाचन गराएर संविधान कार्यन्वयन गराएरै छोडेको थापाले बताए ।

सोमबार  नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले बाम गठबन्धनलाई  काग्रेसले अबलम्बन गरेको भोटको र चुनावको बाटो रोज्नु बिकल्प नभएको भन्दै  चुनाव गराउन कांग्रेस बाहेक अरुले नसक्ने र त्यो  काग्रेसले धर्म भएकोले निर्वाह गरेको बताए । अबको ५ वर्ष कांग्रेसले संगठन बिस्तार कार्य र आफूभित्र भएका कमिकमजोरीलाई  सुधार गर्न मौका पाएको भन्दै संगठन बिस्तार गर्न सबै तहका नेता कार्यकर्तालाई अनुरोध गरे ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्य मन्त्री  ईन्द्रबहादुर बानियाँले कांग्रेसले  देशमा तीनै तहको निर्बाचन सम्पन्न गराई  ऐतिहासिक कार्य गरेको भन्दै केपी ओलीको राष्ट्रबाट लम्पसारबादमा परिणत भएको बताए ।  

सम्मेलनमा  प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, कांग्रेस निर्वतमान जिल्ला सभापति रघुरमण न्यौपाने, काग्रेस नेता नेतृ उमा दाहाल, रिता खनाल, बकैया गाउपालीकाका अध्यक्ष दामोदर खनाल, महाधिवेसन प्रतिनिधी  जयराम लामिछाने, नगर उपमहानगरपालिका नगर  सभापति आनन्दराम पराजुलि , थाहानगर सभापति योगेन्द्र श्रेष्ठ, नेपाली काग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति यतीराज सापकोटा, नेपाली कांग्रेस धादिङ्  क्षेत्र नम्बर १ का सभापति कृष्ण रिजाल, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  सम्मेलनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले आर्थिक प्रतिवेदन र सचिव बुद्ध लामाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राप्रपा नेता देव लामाको नेतृत्वमा ५० युवा राप्रपा, एमाले र माओवादी पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीरुलाई प्रमुख अतिथी थापाले टिका र पार्टी सदस्यता प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ