arrow

कतिपय देशका विद्यालयमा बुद्धबारे गलत पढाइ भइरहेको छ, त्यो सच्याउनुपर्छ : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
kp-oli-lumbini.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन्। दुई हजार ५ सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा आज आयोजित सार्वजनिक बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कतिपय देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ।”

उनले आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व छ, उत्तिकै उपयोगी छ भने। अर्को प्रसङ्गमा उनले धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए। समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ