arrow

चट्याङले पुर्यायो दुईवटा रेडियोमा क्षति

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
lightning.jpg

दाङ । असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ । सोमबार राति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइवे्रड, तथा ट्रान्समिटरमा क्षति पुगेको हो ।

क्षतिसँगै रेडियोको प्रशारण बन्द भएको रेडियो सञ्जीवनीका स्टेशन म्यानेजर शरद रेग्मीले जानकारी दिए ।

असिना पानी र चट्याङका कारण रेडियोमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । त्यस्तै, रेडियो तुलसीपुरमा समेत क्षति भएको छ । 

रेडियोमा रहेको करीव रु नौ लाख मूल्य बराबरको सोलार प्यानल पूर्णरुपमा क्षति भएको छ भने रेडियोको टावर बांगिनुका साथै टावरको पिल्लरसमेत हावाले उप्काएको छ । 

टावरमा जडित एन्टेनासहितका सामग्रीमा क्षति पुगेपछि रेडियो पूर्णरुपमा बन्द भएको हो । 

टावर मर्मतका लागि काठमाडौँबाट प्राविधिक टोली हिँडिसकेकाले टावर फुकालेर नयाँ टावर जडान गरेलगत्तै प्रशारण सुचारु गरिने रेडियो सञ्चालक समितिका अध्यक्ष दीपु गिरीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ