arrow

वन्यजन्तु चित्तल मार्ने छ जना पक्राउ

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
chittal.jpg

कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ का गोरखबहादुर सिंह, भक्तबहादुर थापा, रनबहादुर थापा, पदम विक, छत्रबहादुर शाही र बाजु चौधरी रहेका छन् । पक्राउ परेकामाथि कानूनी कारबाहीका लागि कैलालीको लम्कीस्थित सेक्टर वन कार्यालयमा पठाइएको छ । 

यसैबीच, भारतको लखिमपुर निवासी अंकित बिच्छोतलाई त्रिनगर भन्सार सीमानाकाबाट सोमबार लागूऔषध नाइट्रोभेट ९२ ट्याब्लेट र स्पास्मो प्राक्सोभन २९ ट्याब्लेटसहित पक्राउ गरी अनुसन्धान थालिएको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ