arrow

आतंकवादी हमलामा मारिए एकैपटक १० पत्रकारसहित ३७ जना 

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
afghanistan-attack.jpg

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आतंककारी आक्रमणमा १० पत्रकार सहित कम्तीमा ३७ जना मारिएका छन् । 

सन् २००१ पछिकै मिडियाका लागि सबैभन्दा ठूलो कालो दिन मानिएको उक्त घटनामा बीबीसीदेखि एएफपीसम्मका गरी १० पत्रकार मारिएका हुन् । 

स्लामिक स्टेट आइएसको आत्मघाती आक्रमणमा ११ बालबालिका पनि मारिएका छन् । 

सन् २०१६ देखि अहिलेसम्म अफगानिस्तानमा ३४ पत्रकारको हत्या भइसकेको छ । 

घटनामा ४९ जना घाइते भएका छन् । घाइतेहरुको संख्या बढ्न सक्ने पनि बताईएको छ । 

पहिलो विष्फोटको १५ मिनेटपछि दोस्रो विष्फोट भएको थियो । 

दोस्रो विष्फोट पत्रकारलाई नै निशाना बनाएर पड्काइएको थियो । 

विश्वभरमै आइएसको चर्को आलोचना भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ