arrow

काम गरेर देखाउन केपी ओलीलाई सुझाब, रिजाल भन्छन्– सरकारले धम्काउँदै तर्साउँदै हिंडेको छ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
rijal1.JPG

बुटबल । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतिय प्रधानमन्त्रीको भारत भ्रमण ब्यक्तिगत स्वार्थको लागी हुनु नहुने बताएका छन् । उनले समग्र देशको बिकासको लागी भ्रमण गर्नुपर्ने बताए ।

रिपोर्टर्स क्लव प्रदेश न ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले बाम सरकार तानाशाही बन्ने कोशिषमा लागेको टीप्पणी समेत गरे । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु मात्र ठिक छु भन्ने घमण्ड रहेको उनले बताए ।

उनले भने – ‘अहिले त संयम हुने बेला हो , सरकारले अहंकार गर्ने होइन जनताका प्रति कर्तब्य निर्बाह गर्नुस् ।’

अहिले काम गर्ने बेला भएको बताउँदै मन्त्री रिजालले  सरकारको मुल्यांकन जनताले गर्ने भन्दै उनले काम गरेर देखाउन आग्रह गरे ।

प्रधानमन्त्रीले जहाँ जांदा पनि मै ठिक छु, बाधा गर्नेलाइ सहन्न, भन्ने गरेको भन्दै उनले सरकारले धम्काउँदै तर्साउँदै हिडेको बताए । सरकारका गतिबिधि लोकतन्त्र बिरोध भएको उनको दाबी छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले पार्टि भित्र झजडा गर्ने परिपाटि अन्त्य गर्नुपर्ने बताए । उनले भने –‘ जनताको मत राम्रो पाएका छौं तर सरकारमा छैनौं , उपस्थित पातलो छ , पातिलएको पक्षिपक्षले घरमा कलह नगरौं ।’

आक्रोश र चुनौतीलाइ सहज बनाउन सहमतिका साथ अघि बढ्न कांग्रेस नेतृत्वलाइ उनको आग्रह छ । कुलिङ अफ पिरियड सेलाउने अबधि पछि कांग्रेको समीक्षा जरुरी रहेको उनको भनाइ छ ।

कांग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस कांग्रेज जस्तै हुन्छ

मन्त्री रिजालले अबको कांग्रेस कांग्रेस जस्तै हुने बताउँदै कांग्रोस अझै बलियो हुनु आवश्यक रहेकोमा जोड दिए । कांग्रेसमा पदाधिकारी नियुक्तीका बेला छलफल गरेर जान देउवालाइ रिजालको सुझाब छ ।

‘एकलौटी निर्णय भए मान्य हुदैन,सहमतिका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्छ ’—उनले भने ।

उनले पत्रकारले कांग्रेसको मात्रै खेदो खनेको भन्दै सरकारको पनि आलोचना गरेर राम्रो सकारात्मक भूमिका खेल्न आग्रह गरे ।

नेपालको सम्बन्ध भारत र चीनसंग सम्बन्ध राम्रो हुनुपर्ने भन्दै उनले उनीहरुसंग सम्बन्ध बिगारे नेपालले मात्रै दुख पाउने धारणा राखे ।

‘दुनियामा सबैले चिनेका देशका बिचमा हामीछौं,सम्बन्ध राम्रो नभए दुख यीनीले पाउदैनन्, हामीले पाउछौं ।’

‘भारत बिरोधको नाममा भोट पाउनुभयो होला तर अहिले साख्खै बन्नुभाछ ,जनताले मुल्यांकन गर्नेछन् । ’

हाम्रो दुबैतिर ठूला घरछन् र बिचको सानो घरको धुरीमा बसेर चिच्चाउदैमा आफ्नो घर ठूलो हुदैन उनले प्रधानमन्त्रीलाइ ब्यङग्यंय गरे ।

सोहि अबसरमा क्लवले देबदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र लुम्बिनी बौद्ध बिश्वबिद्यालयबाट दिक्षीत पत्रकार लक्ष्मण पोखरेललाइ सम्मान गरेको छ ।

कार्यक्रम क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ