काम गरेर देखाउन केपी ओलीलाई सुझाब, रिजाल भन्छन्– सरकारले धम्काउँदै तर्साउँदै हिंडेको छ
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
335
Shares
बुटबल । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतिय प्रधानमन्त्रीको भारत भ्रमण ब्यक्तिगत स्वार्थको लागी हुनु नहुने बताएका छन् । उनले समग्र देशको बिकासको लागी भ्रमण गर्नुपर्ने बताए ।
रिपोर्टर्स क्लव प्रदेश न ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले बाम सरकार तानाशाही बन्ने कोशिषमा लागेको टीप्पणी समेत गरे । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु मात्र ठिक छु भन्ने घमण्ड रहेको उनले बताए ।
उनले भने – ‘अहिले त संयम हुने बेला हो , सरकारले अहंकार गर्ने होइन जनताका प्रति कर्तब्य निर्बाह गर्नुस् ।’
अहिले काम गर्ने बेला भएको बताउँदै मन्त्री रिजालले सरकारको मुल्यांकन जनताले गर्ने भन्दै उनले काम गरेर देखाउन आग्रह गरे ।
प्रधानमन्त्रीले जहाँ जांदा पनि मै ठिक छु, बाधा गर्नेलाइ सहन्न, भन्ने गरेको भन्दै उनले सरकारले धम्काउँदै तर्साउँदै हिडेको बताए । सरकारका गतिबिधि लोकतन्त्र बिरोध भएको उनको दाबी छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले पार्टि भित्र झजडा गर्ने परिपाटि अन्त्य गर्नुपर्ने बताए । उनले भने –‘ जनताको मत राम्रो पाएका छौं तर सरकारमा छैनौं , उपस्थित पातलो छ , पातिलएको पक्षिपक्षले घरमा कलह नगरौं ।’
आक्रोश र चुनौतीलाइ सहज बनाउन सहमतिका साथ अघि बढ्न कांग्रेस नेतृत्वलाइ उनको आग्रह छ । कुलिङ अफ पिरियड सेलाउने अबधि पछि कांग्रेको समीक्षा जरुरी रहेको उनको भनाइ छ ।
कांग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस कांग्रेज जस्तै हुन्छ
मन्त्री रिजालले अबको कांग्रेस कांग्रेस जस्तै हुने बताउँदै कांग्रोस अझै बलियो हुनु आवश्यक रहेकोमा जोड दिए । कांग्रेसमा पदाधिकारी नियुक्तीका बेला छलफल गरेर जान देउवालाइ रिजालको सुझाब छ ।
‘एकलौटी निर्णय भए मान्य हुदैन,सहमतिका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्छ ’—उनले भने ।
उनले पत्रकारले कांग्रेसको मात्रै खेदो खनेको भन्दै सरकारको पनि आलोचना गरेर राम्रो सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
नेपालको सम्बन्ध भारत र चीनसंग सम्बन्ध राम्रो हुनुपर्ने भन्दै उनले उनीहरुसंग सम्बन्ध बिगारे नेपालले मात्रै दुख पाउने धारणा राखे ।