arrow

नेविसंघ महाधिवेशनको तयारीतिर, बस्दै बैठक

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएलगत्तै भ्रातृ संगठनहरु पनि तातेका छन् । सोही क्रममा नेपाल विद्यार्थी संघ पनि १२ औं महाधिवेशनको तयारीका लागि तात्ने संकेत देखिएको छ । 

नेविसंघले महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्न बैशाख २८ गते केन्द्रीय समितिको बैठक डाकेको छ । 

दुई दिने बैठकमा केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई अनिवार्य उपस्थिति जनाउन अनुरोध गरिएको छ । 

बैठक काँग्रेस पार्टी मुख्यालय सानेपामा बस्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ