arrow

श्रमिक दिवस विभिन्न कार्यक्रमगरी विराटनगरमा मनाइदै

logo
कुमोद अधिकारी,
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
may-day-labor.jpg

विराटनगर। १२९ औं अन्तराष्ट्रिय श्रमिक दिवशको अवसरमा विराटनगरमा आज विहान र्याली निकालिएको छ। ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा हाटखोला चौकवाट  निस्केको र्यालिले नगरको विभिन्नभागको परिक्रमागर्दै वुधहाट चौकमा आएर कोणसभामा परिणत भएको थियो। 

र्यालिमा ट्रेड युनियनसंग आवद्ध एकदर्जन संघसंस्थाको सहभागिता थियो।  र्यालिपछी आयोजित कोणसभालाई सम्वोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले श्रमिकहरुको हक हितका लागी महानगरपालिकाले मजदुर मैत्री निति तथा कार्यक्रम ल्याउने बताए।

कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेस एक नम्वर प्रदेशकी सचिव सुनिता घिमिरे, मोरङ व्यापारसंघका उपाध्यक्ष प्रकाश मुदडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा सिक्षक संघका अध्यक्ष शिवराज कोइरालले श्रमिकको हक हितका विषयमा बोल्नु बोलेका थिए।

कार्यक्रम अघि भएको र्यालिमा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, ट्रेड युनियन कांग्रेस एक नम्वर प्रदेश अध्यक्ष नारायणवावु कार्की, जिल्ला अध्यक्ष सुशिल कोइराला, व्यापारसंघका उपाध्यक्ष प्रकाश मुदडा लगायतको सहभागिता थियो। एक सय २९ वर्ष अघि विश्वमा मनाउन शुरु गरिएको अन्तराष्ट्रिय श्रमिक दिवश नेपालमा विराटनगरमा भएको मजदुर आन्दोलनपछी वि स २००७ सालदेखी मनाउन शुरु गरिएको हो। नेपालमा विराटनगरवाट मजदुर दिवश मनाउन थालिएको हो। प्रजातन्त्रको पुर्न स्थापना पछी २०४६ सालदेखी श्रमिक दिवशको अवसरमा विदा दिन थालिएको हो। विराटनगरमा भएको त्त्कालिन मजदुर आन्दोलनको गिरिजाप्रसाद कोइराला तथा मनमोहन अधिकारीले नेतृत्व गरेका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ