arrow

नेविसंघ महामन्त्रीले डाके केन्द्रीय समितिको बैठक 

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले  केन्द्रीय समितिको बैठक डाकेका छन् । 

विगत एक वर्षभन्दा लामो समयदेखि केन्द्रीय कार्यसमिमितिको बैठक बस्न नसकेको भन्दै उनले बैशाख २० गते बिहिबार बैठक डाकेका छन् । 

१२ औं महाधिवेशनको तयारीका लागि भन्दै अध्यक्ष नैनसिंह महरले बैशाख २८–२९ का लागि बैठक डाकेसंगै त्यसअघि रणनीति बनाउनका लागि काफ्लेले बिहिबारका लागि बैठक डाकेका हुन् । 

राजधानीको बाल्मिकी क्याम्पसमा बैठक बस्ने महासचिव काफ्लेले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ