arrow

बनेपाको चण्डेश्वरी जात्रामा झडप हुदा ठुलो खटमा क्षति सानै खटबाट जात्रा हुदै

मध्यरातमा बोकाको मासु छरीदै

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
chandeshori-jatra.JPG

काठमाडौं ।  बनेपाको प्रसिद्ध चण्डेश्वरी जात्राका क्रममा झगडा हुदा ठुलो खटमा क्षति पुगेको छ । करीब एक सय जनाले बोक्ने बिशाल  खट, बोक्ने क्रममा गएराति  झडप हुदा खटको डोरी चुडाएर क्षति पुरयाइदिएका छन ।

सो जात्राका क्रममा २०२२ सालपछि  दोस्रो पटक यसरी झगडा भएको स्थानीय संस्कृतिबिद ज्ञानकाजी मानन्धरले दुखेसो पोखेका छन् ।  ठुलो खट निकै गहुंगो भएकाले  अगाडी ५० र पछाडी ५० गरी एक सय भन्दा बढीले बोक्ने गरेको यो खटमा यसरी क्षति पुरयाएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन ।

पांग्रा नहुने यो खटलाई बोक्ने सयौको संख्या हुन्छ ।  यो बिशाल खट निर्माणका लागि निकै समय लाग्ने भएकाले अब अर्कौ सानो खटमा देवीको जात्रा हुनेछ । यो जात्राका लागि बिशाल खट , सानो खट र बिमान खट गरी तीनवटा खटको व्यवस्था गरिएको पनि मानन्धरले बताए ।

बनेपाको लायकुबाट  सुरु भएको रित्तो खटमा मंगलवार चण्डश्वरीको मूर्ति राखेर बनेपा बजार घुमाइन्छ । बनेपाको चण्डेश्वरीमा हिजो पुरयाइएको रित्तो खट मन्दिर प्राङगणमा आज चण्डेश्वरी देवीलाई राखेर बनेपा बजारमा जात्रा गरिन्छ । हरेक वर्ष वैशाख शुक्ल चण्डी पूर्णिमाको दिन बनेपाको २७ गाउँलेले मनाउँदै आएको आरध्यदेवी चण्डेश्वरीको ऐतिहासिक जात्रा हिजोबाट सुरु भएको हो ।  

बनेपाको तीनधारा डबलीमा रथ बनाई जुगी चक्रको पूजा सम्पन्न गरेपश्चात रथको यात्रा सुरु हुन्छ ।
यो खटमा चण्डेश्वरी राखेर जात्रा सुरु भएदेखि नै बजारका प्रत्येक घरका झ्यालबाट पूजा गर्ने, चटामरी चढाउनको आज दिनभर भिड नै लाग्ने गर्छ ।

बनेपाको घोगेचौरको उकालोदेखि ओरालो लागेर भैरब कुण्डमा पुगेपछि खट हेर्नेको भीड धेरै हुन्छ  । त्यहा देवीलाई  स्नान गराएर खट बनेपा बजारमा भित्रिदा  द्धारेले स्वागत पूजा गरेर भित्रयाउने परम्परा छ  ।

आज  बनेपालगायत जात्रा हेर्न काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका जिल्लाबाट समेत भक्तजनहरुको घुइँचो लाग्छ । जात्राका क्रममा देवीको  अनुहार ढकनीले छोपेको हुन्छ । घोगेचौरका पुगेपछि भोछिभोयाका दूधे बालकबाट ढकनी हटाई बनेपा बजार भर धुमधामका साथ खट जात्रा गरिन्छ । खट बोक्नेहरुलाई भिजाएको केराउ, विभिन्न फलफूल, चिसो पेय पदार्थ, रक्सी खुवाउने पनि चलन छ ।

१२ बोकाको बली मध्यरातमा दिइदै, बोकाको मासु छरीदै    
आज मध्यरातमा चण्डेश्वरी मन्दिरमा १२ ओटा निख्खर कालो  बोकाको बलिपूजा गरिन्छ । त्यसै बेला बोकाहरुको मासु बनेपाको पुर्वी ढोकामा छर्ने परम्परा छ । छरिएको मासु भेटाउने भाग्यमानी मानिन्छ ।

आज  दिनभर जात्रा गरेपछि  भोली   चण्डेश्वरीलाई मन्दिर प्रबेश गराएपछि १२ बजेसम्म मात्र मन्दिर खुल्ला हुन्छ ।  त्यसपछि  वर्षभरिको लागि मन्दिर बन्द हुन्छ । बनेपा ८ गणेश , ८ ढोका, ८ पोखरी र ८ फल्चा (पाटी)को बिशेषता बोकेको क्षेत्र भएर पनि अहिले यसको संरक्षणको अभावमा पोखरी र फल्चा हराउदै गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ