arrow

श्रमजीवि पत्रकार ऐन लागु गर्न भन्दै नेपाल एफएममा महासंघले टाग्यो कालो ब्यानर

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
nepal-fm.jpg

काठमाडौ । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिले नेपाल एफएममा कालो ब्यानर टाँस्दै  आन्दोलन थालेको छ । महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको आन्दोलन टोलीले एफएमको भवनमा ब्यानर टाँगेर श्रमजीवि पत्रकार ऐन लागु गर्न दवाव दिइएको हो ।

श्रमजीवी पत्रकार कर्मचारीलाई ५ महिनादेखि रोकिएको तलब अबिलम्ब उपलब्ध गराउनु पर्ने, श्रमजीवी पत्रकार ऐन अनुरुप सबै सेवा, सुबिधा दिनुपर्ने, पत्रकारहरुलाई बिभिन्न झुट्टा आरोप लगाएर दुख दिने कार्य बन्द हुनु पर्ने लगायतका माग राखिएको बताइएको छ ।

ब्यानर टाँसेपछि आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विष्टले श्रमजीवीका माग पुरा नभए तालाबन्दीसम्म उत्रिन महासंघ बाध्य हुने चेतावनी दिए । श्रमको मुल्य नदिने मिडिया बन्द हुन्छन् भने होउन् तर हाम्रो आन्दोलन रोकिदैन, विष्टको भनाई थियो । टोलिमा संयोजक रामप्रसाद दाहाल, सह संयोजक जन्मदेव जैसी, सदस्य यम बिरहीसहित नेपाल एफएम प्रतिष्ठान अध्यक्ष बैकुण्ठ ढकाल, सचिव रघुनाथ बजागाई, सह सचिवद्धय सम्झना पौडल, लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ